सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमेश्वर मन्दिरको शीलामा ‘पसिना’

२०७८ वैशाख २५, ०१:५४ खबर संवाददाता

काठमाडौं :  दोलखाको भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ। 

शनिबार मध्यान्ह सवा १२ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ। भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १९ औं पटक पसिना आएको बताए। 

एक शिला तीन अवतारको रुपमा पुजिने भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ।

यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो। 

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन्।

मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको एक प्रहरी अधिकारीले बताए । 

कमेन्ट लोड गर्नुस