सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्सिजनकाे कमी भएर धनगढीका ‘डिजे म्याक्स’को निधन

२०७८ वैशाख २५, ११:०७ खबर संवाददाता

धनगढी: अक्सिजनकाे कमी भएर धनगढीका ‘डिजे म्याक्स’ राम महेश रानाको ज्यान गएको छ।

 धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्दै आएका उनी बिहीबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। 

उनलाई स्वासप्रश्वासमा समस्या र अक्सिजनको कमी भएपछि चेकजाँच गराउँदा निमोनिया देखिएको थियो। तर उनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो। 

सेती अस्पतालमा अक्सिजनको सपोर्टमार्फत उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। 

‘डिजे म्याक्स’ले प्रख्यात राना धनगढीकै एक कुशल साउन्ड व्यवसायी थिए।
 

कमेन्ट लोड गर्नुस