सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक हप्तामा सुदूरपश्चिमका ८५ जना कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख २५, १०:०२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा एक हप्ताको अवधिमा ८५ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये अधिकांशले अक्सिजन नपाएको चिकित्सकहरुले बताएका छन्।  

८५ मध्ये गत शनिबार १०, आइतबार १२, सोमबार १४, मंगलबार ८, बुधबार ११, बिहीबार १७ र शुक्रबार १३ जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।  

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा अक्सिजनको चरम अभाव भएपछि कोरोना संक्रमितको ज्यान जोखिममा परेको छ।

अस्पतालहरूमा अक्सिजन र श्यया नपाएर बिरामीहरूले अकालमै ज्यान गुमाउनु परेको हो। 
 

कमेन्ट लोड गर्नुस