सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रहरीद्वारा ४ लाख बढीको अवैध मलखाद बरामद

२०७८ वैशाख २४, १०:५२ खबर संवाददाता

कञ्चनपुरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ४ लाख बढीको अवैध मलखाद बरामद गरेको छ। 

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको बेलौरी नगरपालिका १० सडकघाटमा भारतबाट भन्सार छली ल्याइएका २ सय ११ कट्टा मलखाद र मलखाद ल्याउन प्रयोग गरेको २ वटा ट्र्याक्टरको ट्रली सहीत झण्डै ४ लाख ११ हजार बराबरको सामान बरामद गरेको हो।

बेवारिसे अवस्थामा फेला पारिएको सो मलखादमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।

कमेन्ट लोड गर्नुस