सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ६ जना संक्रमितको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख २४, ०७:०६ खबर संवाददाता

धनगढी  ः पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

सेती अस्पतालमा उपचाररत कैलालीका २ र कञ्चनपुरका एक जनासहित थप ७ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१ की ६० वर्षीया महिला, घोडाघोडी नगरपलिका–१ की ५७ वर्षीया महिला, गोदावरी नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो। 

त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर ६ का ३४ वर्षीय वडा सदस्य जमान सिंह देउवाको शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको छ। 

यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ की ७४ वर्षीया महिला, र पर्वत स्थायी घर भएकी पुनर्वास नगरपालिकाकै वडा नम्बर ७ माइती आएकी ७६ वर्षीया महिलाको पनि शुक्रबार मृत्यु भएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस