सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकामा तीन दिन स्वाब संकलन नहुने

२०७८ वैशाख २४, ०३:२८ खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिकाले तीन दिन स्वाब संकलन नगर्ने भएको छ। 

उप–महानगरपालिकामा दैनिक कोरोना भाइरसको परिक्षणका लागि स्वाब संकलन हुँदै आएकोमा तीन दिन बन्द हुने भएको हो। उप–महानगरपालिकासंग कोरोना परिक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालको क्षमता भन्दा बढी स्वाब संकलन भएकाले तीन दिन बन्द गरिएको बताइएको छ। 

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार शनिबार, आइतबार र सोमबार कोरोना भाइरस संक्रमणको परिक्षणका लागि स्वाब संकलन नहुने भएको हो। 

 

कमेन्ट लोड गर्नुस