सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाले स्वाब संकलन रोक्यो

२०७८ वैशाख २४, ०१:५२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले स्वाब संकलन कार्य रोकेको छ।

सेती प्रादेशीक अस्पतालमा रहेको पीसीआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी कोरोना परीक्षण स्वाब संकलन भएको भन्दै स्वाब संकलन कार्य शुक्रबारदेखि रोकेको हो।

नगरप्रमुख नृपबहादुर वडले शनिबार, आइतबार र सोमबार गरि ३ दिनका लागि स्वाब संकलन कार्य रोकेको बताए।

उपमहानगरपालिकासँग स्वाब परीक्षण ल्याब नभएको बताउँदै उनले नगरवासीको सहजताको लागि निशुल्क स्वाब संकलन गर्दै आएको बताए। यहाँ दैनिक १५० देखि ३५० जनाको नमुना संकलन हुँदै आएको छ। धनगढीका मात्रै होइन विभिन्न स्थानीय तहबाट पनि स्वाब परीक्षणको लागि यहाँ स्वाब संकलन हुँदै आएको थियो।

संकलित स्वाबको नतिजा ४/५ दिनपछि मात्रै आउने गरेको गुनासो बढ्दै गएको थियो। 

कमेन्ट लोड गर्नुस