सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाद्वारा सेतीमा नन कोभिड उपचार सेवा सुरु

२०७८ वैशाख २३, ०३:२० खबर संवाददाता

धनगढी: नेपाली सेनाले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमण नभएका बिरामीहरुका लागि उपचार सेवा सुरु गरेको छ।

सेनाले अस्पतालको अस्थायी कोरोना अस्पताल र आकस्मिक कक्ष संक्रमितले भरिएपछि सो सेवा सुरु गरेको हो।

विभिन्न घटना तथा दुर्घटनामा परी चोटपटक लागेका एवम् अन्य बिरामीको उपचार गरिने अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ बताए। 

कमेन्ट लोड गर्नुस