सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना

२०७८ वैशाख २३, ०१:०३ खबर संवाददाता

धनगढी: कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ।

बिहिबार नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म१ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका–५ को डोकेबजारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए।

ट्रक दुर्घटनामा परी ४ जना सामान्य घाइते भएका छन्। पछाडीको टायर पड्किदा ट्रकको आफै अनियन्त्रित हुन गएको बताइएको छ। ट्रक बर्दयाका २८ वर्षीय चालक कर्णबहादुर थापाले चलाएको प्रहरीले जनाएको छ। 

उक्त ट्रकमा नेपालजञ्जबाट महेन्द्रनगरको महाकाली अस्पतालको लागि अक्सिजन ग्यासका सिलिण्डर ल्याइँदै थिए।   

कमेन्ट लोड गर्नुस