सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्त नगरपालिकाको महाकाली अस्पताललाई २० लाख सहयोग

२०७८ वैशाख २३, १०:५६ खबर संवाददाता

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई २० लाख रुपैयाँ सहयोग गरेको छ। 

बिहीबार अस्पताललाई उक्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र उप प्रमुख सुशीला चन्द सिंहले सो रकमको चेक प्रदान गरेका हुन्। 

कोरोना भाइरसको महामारीकाबीच अस्पतालमा अक्सिजनलगायतका अतिआवश्यक उपकरण अभाव हुन थालेपछि नगरपालिकाको तर्फबाट सो रकम सहयोग गरिएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस