सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुधबार सुदूरपश्चिममा १२५१ नमूना परीक्षण गर्दा ३८५ जनामा कोरोना पुस्टि

२०७८ वैशाख २२, ०७:०४ खबर संवाददाता

धनगढीः बुधबार सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ६ सय ५९ नमूना पीसीआर तथा ५९२ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।  

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १२५१ नमूना परीक्षण गर्दा ३८५ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

पीसीआर विधिबाट परीक्षण गर्दा २५२ जना संक्रमित भेटिएका छन् भने। ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १३३ जना संक्रमित फेला परेका छन्। 

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी, बझाङ अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ५९ जनाको नमूना परिक्षण गर्दा थप २५२ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको  छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १८८ नमूना परीक्षण गर्दा १२१ जना, डडेल्धुरा अस्पतालमा ९४ नमूना परीक्षण गर्दा ३० जना, जिल्ला अस्पताल डोटीमा ६८ नमूना परीक्षण गर्दा १५ जना, बैतडी अस्पतालमा ९४ नमूना परीक्षण गर्दा ३९ जना, बझाङ अस्पतालमा १२२ नमूना परीक्षण गर्दा २२ जना  र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ९३ जनाको नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १७ लाख ७२ हजार ६ सय ८७ नमूना परीक्षण गर्दा २० हजार ८ सय ४६ जनामा संक्रमण फेला परेको छ। 

प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ४ सय ४७ जनाले कोरोना जितेका छन् भने १४५ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ, भने ५८ जना संक्रमित निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस