सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अक्सिजनको कालोबजारी भइरहेको भन्दै स्ट्याटस लेख्ने अर्का एक जना पनि नियन्त्रणमा

२०७८ वैशाख २२, ०५:३१ खबर संवाददाता

धनगढीः प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा भ्रामक सामग्री लेखेको भन्दै धनगढीका २ जनालाई नियन्त्रणमा लिएको छ। 

फेसबुकमा अक्सिजन कालोबजारीको विषयमा स्ट्याटस लेखेको भन्दै धनगढीका तेज खड्कासँगै मदन भट्टलाई पनि नियन्त्रणमा लिइएको हो। 

दुवै जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए।

उनीहरु दुवैले फेसबुकमा औषधि आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारी गरेको भन्दै स्ट्याटस लेखेका थिए। 

कमेन्ट लोड गर्नुस