सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको क्याम्पस टोल सिल

२०७८ वैशाख २२, ०२:५७ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१८ को क्याम्पस टोल सिल गरिएको छ। टोलमा कोरोना संक्रमण फैलिएको भन्दै वडा कार्यसमितिले सो टोल सिल गर्ने निर्णय गरेको हो। 

मंगलबार सोही टोलका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो। मृतककै घरका ४ जनामापनि कोरोना संक्रमण देखिएपछि टोल सिल गरिएको वडाअध्यक्ष मुरारी अधिकारीले बताए। 

अहिले उक्त जडामा १४ जना कोरोना संक्रमित रहेको बताइएको छ।  
 

कमेन्ट लोड गर्नुस