सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध अखाद्य पेय पदार्थ नष्ट

२०७८ वैशाख २२, ०८:५१ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा अवैध रुपमा सञ्चालन गरिएका अखाद्य पेय पदार्थ बरामद गरि नष्ट गरिएको छ। 

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियास्थित होमलाल भट्टराईले सञ्चालन गरेको लक्ष्मी किराना पसलमा अवैध तथा प्रतिबन्धित पेय पदार्थ नष्ट गरेको हो। 

ड्यु र जय भारत लेखेको तेल ३७ हजार ७ सय १० मुल्य बराबरको अखाद्य पेय पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले बताए। 

उनका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले स्थानीयको रहोबरमा मंगलबार सो वस्तु बरामद गरि नष्ट गरेको हो। 

कमेन्ट लोड गर्नुस