सुदूर नेपाललाई विश्वसँग जोड्दै

छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २२, ०६:११ खबर संवाददाता

छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा एक जनाको मृत्यु भएको छ। 

सर्लाहीको ईश्वरपुर नगरपालिका–घारिबथानका शियाशरण रायलाई छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। ५८ बर्षीय रायलाई छिमेकी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्केर सोमबार बिहान आगो लगाएको थियो। 

आगो लागेर गम्भीर अवस्थामा शियाशरणलाई धनुषाको लालगढमा प्राथमिक उपचार गराई थप उपचारका लागि हेलिकप्टरबाट सोमबारै काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको थियो।

उनको उपचारका क्रममा मंगलबार  मृत्यु भएको बताइएको छ। आगो लगाउने शिवजी फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

कमेन्ट लोड गर्नुस