सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नवजीवन अस्पतालमा अक्सिजनको चरम अभाव

२०७८ वैशाख २१, १०:५५ खबर संवाददाता

धनगढीः धनगढीको नवजीवन अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ।

धनगढीकै मालिका अक्सिजन आपूर्तिकर्ताले मसिनमा समस्या आएसँगै उत्पादन बन्द गरेका बताउँदै अस्पताललाई अक्सिजनको आपूर्ति गर्न नसक्ने बताएपछि नवजीवन अस्पतालमा अक्सिजनको चरम अभाव भएको अस्पतालका कार्यकारी निर्देशक निरज अर्यालले बताए।

कार्यकारी निर्देशक अर्यालले आफ्नो फेसबुकमा स्टाटस लेख्दै अस्पतालमा अहिले अक्सिजनको मौज्दात अन्तिम चरणमा पुगेको बताएका छन्।

नवजीवन अस्पतालमा अहिले कोरोनाभाइरसका ११ जना बिरामीहरू उपचाररत छन्। तीमध्ये ७ जनाको अवस्था निकै गम्भीर रहेको छ।

कमेन्ट लोड गर्नुस