सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरेमा दशैँ मेला सुरु

२०७५ असोज २६, ०२:४७ खबर संवाददाता

कैलालीमा चुरे बयला दशैँ मेला सुरु भएको छ।  च्ुरे गाउँपालिकाको बयलामा मेलाको एक कार्यक्रममका विच प्रदेश सभा सदस्य कृष्णराज सुवेदीले उद्धघाटन गरे।

पिपल डाडा र चिउरीघारी आमा समूहको आयोजनामा पहिलो पटक चुरे दशैँ मेलाको अयोजना गरिएको हो। मेलकटेश्वर माविमा भईरहको मेलामा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको पनि प्रस्तुती रहेको छ। मेलाको उद्धघाटन समारोहमा गायक सुरत रावत डोटेली कान्छा, दिनेश एफएमका सम्पादक नवराज पनेरु सहित ४ जनालाई सम्मान पनि गरिएको छ।

कला साहित्यको संरक्षणमा टेवा पुगाएको भन्दै गायक डोटेली कान्छा र दिनेश एफएमका सम्पादक पनेरुलाई सम्मान गरिएको हो। मेला ५ दिन सम्म चल्ने छ। 
 

कमेन्ट लोड गर्नुस