सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर र कन्सेन्ट्रेटर खरिद गर्दै

२०७८ वैशाख २१, १२:०४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ।

‘विशेष परिस्थितिमा तत्काल खरिद गर्नुपर्ने भएको’ भन्दै निर्देशनालयले मंगलबार एक सूचना प्रकाशित गरेको हो।

निर्देशनालयले १० लिटरको २०० र ४६ लिटरको ३०० थान अक्सिजन सिलिण्डर खरिद गर्न चाहेको छ। यसैगरी ५ लिटर क्षमताका ४० र १० लिटर क्षमताका ६० थान अक्सिजन कन्सेन्ट्रेटर खरिदका लागि पनि प्रस्ताव आह्वान गरिएको छ।

आपूर्तिकर्तालाई आवश्यक कागजातसहित बैशाख २४ गतेभित्र मूल्यको उचित प्रस्ताव पेश गर्न मन्त्रालयले भनेको छ। 

कमेन्ट लोड गर्नुस