सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताललाई धनगढीका अटो वर्कसपद्वारा अक्सिजन सिलिण्डर सहयोग

२०७८ वैशाख २१, ११:२३ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकास्थित विभिन्न अटो वर्कसपले सेती प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेका छन्। 

अस्पतालहरुमा उपपचाररत संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम बढेपछि धनगढीको शिवाङ्ग ट्रेडर्सका सञ्चालक विवेक शर्माले विभिन्न अटो वर्कसपबाट खालि तथा भरिएका अक्सिजन सिलिण्डर संकलन सुरु गरेका थिए। सोही अभियान अन्तरगत संकलन भएका जम्मा १८ वटा सिलिण्डर मंगलबार सेती अस्पताललाई सहयोग गरिएको शर्माले बताए। 

अक्सिजनको अभावमा संक्रमितहरु छट्पटाएको देखेपछि सिलिण्डर संकलनमा धनगढीसहित अत्तरियाका विभिन्न १६ वटा अटो वर्कसपले सहयोग गरेको उनले बताए। जहाँबाट संकलन भएका १४ खालि सिलिण्डर र ४ भरिएका सिलिण्डर पछि फिर्ता हुनेगरी अस्पतालाई हस्तान्तरण गरिएको समेत विवेक शर्माले बताए। 

यी हुन सहयोगीहरु :

 

 

कमेन्ट लोड गर्नुस