सुदूर नेपाललाई विश्वसँग जोड्दै

ह्युमानिटी फाउण्डेसनद्वारा महाकाली अस्पताललाई अक्सिजनका सिलिण्डर हस्तान्तरण

२०७८ वैशाख २१, १०:३८ खबर संवाददाता

कञ्चनपुर: ह्युमानिटी फाउण्डेसन नेपालले कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताललाई मंगलबार अक्सिजनका सिलिण्डर हस्तान्तरण गरेको छ। 

अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम तिव्र भएपछि ह्युमानिटी फाउण्डेसनले पहिलो चरणमा सरकारी अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने अभियान अन्तर्गत महाकाली अस्पताललाई ४१ थान सिलिण्डर उपलब्ध गराएको हो।

अक्सिजनको अभावमा संक्रमितहरुको  मृत्यु हुनथालेपछि अस्पताललाई ह्युमानिटी फाउण्डेसनले अक्सिजन उपलब्ध गराउन थालेको हो।

ह्युमानिटी फाउण्डेसनले सोमबार सेती प्रादेशिक अस्पताल धनगढीलाई ९८ थान र डडेल्धुरालाई १० थान अक्सिजनका सिलिण्डर उपलब्ध गराएको थियो।

फाउण्डेसनले दोस्रो चरणमा संक्रमितहरुको उपचार गराईरहेका सरकारीसँगै निजी अस्पताललाई समेत निःशुल्क अक्सिजन उपलब्ध गराउने बताएको छ। 

कमेन्ट लोड गर्नुस