सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारले कोरोनाका कारण मृत्यु भएका परिवारलाई १ लाख दिने

२०७८ वैशाख २०, ११:४९ खबर संवाददाता

वीरेन्द्रनगर: कर्णाली प्रदेश सरकारले कोरोना भारसका कारण मृत्यु भएका परिवारलाई १ लाख दिने घोषणा गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले बताइन।

 विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको उनले जानकारी दिइन। 

कमेन्ट लोड गर्नुस