सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा थप २ जना संक्रमितको मृत्यु

२०७८ वैशाख २०, ११:४० खबर संवाददाता

धनगढी: कञ्चनपुरमा थप पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१३ की ७४ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो। बैशाख १५ गते कोरोना संक्रमण पुस्टि भई होम आइशोलेसनमै बसेकी उनको राति अस्पतालमा मृत्यु भएको हो। 

यस्तै भीमदत्त नगरपालिका–३ का ९२ वर्षीय वृद्धको पनि सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको छ। 

यस्तै भीमदत्त नगरपालिका–१९ का ३७ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।

श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान २ बजे उनलाई महाकाली अस्पताल पुगाइएको थियो। उनको राति करिब साढे ३ बजेतिर मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए। 

पछिल्लो २४ घण्टामा कञ्चनपुरका ४ जनाले ज्यान गुमाइसकेका छन्। जसमध्ये भिमदत्त नगरपालिका–७ का ६२ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको थियोे। 

कमेन्ट लोड गर्नुस