सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेखराज भट्ट तोकिए सुदूरपश्चिमका लागि फोकल मन्त्री

२०७८ वैशाख २०, ०६:१९ खबर संवाददाता

धनगढी : उद्योग मन्त्री लेखराज भट्ट सुदूरपश्चिकमका लागि फोकल मन्त्री तोकीएका छन्। 

संघीय सरकारले कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सातजना मन्त्रीलाई संयोजक तोकेको हो। 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशसँग समन्वय र संयोजन गरि महामारीविरुद्धको लडाइमा आवश्यक पर्ने लजिष्टिक लगायतका सहयोगको लागि संघीय सरकारले फोकल मन्त्री तोकेको जनाइएको छ। 

बैठकले सुदूरपश्चिमको संयोजकमा उद्योग मन्त्री भट्टलाई तोकेको हो। 

यस्तै  प्रदेश १ को संयोजकमा भूभि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई तोकेको छ। त्यस्तै प्रदेश २ को संयोजकमा शहरी विकास मन्त्री प्रभु साह तोकिएका छन्।

वागमतीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, गण्डकीमा कृषिमन्त्री पद्मा अर्याल, लुम्बिनीमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र  कर्णालीमा वनमन्त्री प्रेम आले तोकिएका छन्।

कमेन्ट लोड गर्नुस