सुदूर नेपाललाई विश्वसँग जोड्दै

चट्याङ लागेर एक जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १९, ०६:५७ रासस

चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। 

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आज चट्याङ लागेर गम्भीर घाइते भएका बिराट वाइबाको मृत्यु भएको छ।

चट्याङ लागेर गम्भीर घाइते भएका मकवानपुरगढी–२ बस्ने २६ वर्षीय बिराजको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए।  

उनका अनुसार, चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो। उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

त्यस्तै, चट्याङ लागेर घाइते भएका स्थानीय ५६ वर्षीय विरबल वाइबा र ४६ वर्षीय बिरबहादुर वाइबालाई भने उपचारको लागि हेटौँटा अस्पतालमा उपचार भइरहेको जनाएको छ। आज दिउँसो पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्न पुगेका उनीहरूलाई चटयाङ लागेर गम्भीर घाइते भएका थिए।
 

कमेन्ट लोड गर्नुस