सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख १९, ०३:४४ खबर संवाददाता

धनगढी: धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर २ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

यहि बैशाख १३ गते कोरोना पुस्टि भएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत थिइन्। 

उपचारका क्रममा आइतबार दिउँसो २ बजेर ३० मिनेटमा संक्रमित महिलाको मृत्यु भएको सूचना अधिकारी जोशीले बताए। 

कमेन्ट लोड गर्नुस