सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व स्वास्थ्यमन्त्री चौधरीलाई कोरोना संक्रमण, श्रीमतीसहित सेती अस्पतालमा भर्ना

२०७८ वैशाख १९, ०१:०८ खबर संवाददाता

धनगढी: पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण पुस्टि भएपछि श्रीमतीसहित उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। 

चौधरीले आफ्नी धर्मपत्नीको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालमा अक्सिजनका उपलब्ध नभएको गुनासो गरेका छन्। सबैतिर अक्सिजनको खोजी गरेपछि एक निजी अस्पतालमा एक थान सिलिण्डर भेटिएको उनले बताए। 

पूर्व स्वास्थ्यमन्त्री चौधरीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइसकेको र पत्नीको अवस्थामा सुधार नआएको बताएका छन्। 

२०७२ सालमा चौधरी कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।
 

कमेन्ट लोड गर्नुस