सुदूर नेपाललाई विश्वसँग जोड्दै

अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन कारवाहीमा

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख १९, ०९:१० रासस

इनरुवा : अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन कारवाहीमा परेका छन्।

निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार कारवाही गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। 

पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको उनले जानकारी दिए। नियन्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २०७, तीन पाङग्रे ५८ र चार पाङग्रे पाँच वटा नियन्त्रणमा लिइएको छ। 
 

कमेन्ट लोड गर्नुस