सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालमा अक्सिजन अभाव हुँदा ८ जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख १९, ०९:०० खबर संवाददाता

काठमाण्डौ  – भारतको राजधानी नयाँ दिल्लीको बत्रा अस्पतालमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोनाका बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेमा गुमाउनेमा अस्पतालका ग्यास्ट्रोलोजी विभागका अध्यक्षसमेत रहेको बीबीसीले जनाएको छ।

अस्पतालले बिहान जरुरी सूचना निकालेर जम्मा २ घण्टाको लागि मात्रै अक्सिजन मौज्दात रहेको जनाएको थियो। कतैबाट पनि अक्सिजनको जोहो गर्न नसक्दा ८ जनाको ज्यान गएको खबरमा उल्लेख छ। 

यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले दिल्लीलाई कोटा अनुसारको अक्सिजन नदिएकाले बिरामीको ज्यान गएको भन्दै दुःख व्यक्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस