सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशका विभिन्न ठाउँमा दिनभरि पानी पर्ने सम्भावना

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख १९, ०८:२२ खबर संवाददाता

काठमाण्डौ – देशका धेरै ठाउँमा पानी परेको छ। राति प्रदेश–१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन्।

भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा वर्षा भएको मौसमविद्ले बताएका छन्। 

अहिले पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ। आज दिनभरिनै मौसम बद्ली हुने अनुमान छ। आज दिउँसो वाग्मती र गण्डकी प्रदेश लगायत केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ।

रातिको मौसम पनि यस्तै रहने अनुमान छ। भोलि पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


 

कमेन्ट लोड गर्नुस