सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्किङ गरेर राखिएको कारमा तीन जनाको शव भेटियो

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख १९, ०६:०८ खबर संवाददाता

भरतीय नम्बर प्लेटको कारमा तीन जना बालकको शव भेटिएको छ। 

दाङको तुलसीपुर उपमहानगरपालिका–६, स्याउली बजारमा भारतीय नम्बर प्लेट जे ०१६६०८८५ भएको कारमा बालकको शव भेटिएको हो।

लामो समयदेखि पार्किङमा गरि राखिएको कारमा शनिबार राति शव बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

प्रहरीका अनुसार कारबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि गएर हेर्दा शव भेटिएको हो।

शवको सनाखत भने भएको छैन्। उनीहरु १० बर्ष भन्दा कम उमेरको रहेको बताइएको छ।  थ्प अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस