सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण गर्न जोड

२०७५ असोज २५, ०८:०२

फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण गर्न जोडदार माग गरेको छ। कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पार्दै बिहीबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो। समतिले आगामी ५र७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग समेत गरेको छ। समितिका संयोजक रविराज दंगालको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको १४७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प भएको गुनासो पोखे।
 
 

कमेन्ट लोड गर्नुस