सुदूर नेपाललाई विश्वसँग जोड्दै

बँदेलको आक्रमणबाट मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १८, ०५:३६ रासस

चितवन: जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।

ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना शुक्रबार साँझ भएको हो।
 

कमेन्ट लोड गर्नुस