सुदूर नेपाललाई विश्वसँग जोड्दै

चट्याङ लागेर एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १८, ०५:३६

सुनसरी : चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

सुनसरीको गढी गाउँपालिका वडा नम्वर २ औरावनीका ६० वर्षीय रघुनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ   गएका बेला यादवको चट्याङमा परेर मृत्यु भएको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस