सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडी जिल्लाबाट बसाई सर्नेको संख्यामा वृद्धि

। फोटो स्रोत ।
२०७५ असोज २५, ०६:४९

कैलाली–कञ्चनपुरमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट प्रत्येक बर्ष नागरिक बसाइँ सरी आउने गरेका छन। पहाडी ७ जिल्ला अछाम, बाजुरा, डोटी,डडेलधुरा, बझाङ, बैतडी र दार्चुलाबाट कैलाली प्रत्येक बर्ष बसाई सरी मानिस आउने गरेका छन। अछामको शाफेबगर नगरपालिकाका उपाध्यक्ष बिमला बुढा थापाले शाफेबगर नगरपालिबाट सुविधा भएका क्षेत्रमा बसाई सर्ने क्रम जारी रहेको बताईन। उनले नगरपालिका भित्र सबै क्षेत्रमा सेवा सुविधा नभएकाले बसाई सर्ने गरीएको बताईन।
पहाडी क्षेत्रमा छरिएर रहेका बस्तीहरुमा विकासका आवश्यक पुर्वाधार पु¥याउन सकिएको छैन। पहाडी क्षेत्रमा लामो समयदेखि विकास निर्माण नभएको भन्दै प्रत्येक बर्ष कैलाली र कञ्चनपुर लगायत अन्य विकास भएका क्षेत्रमा बसाइँ सर्ने गरिएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा पूर्वाधार विकास नहुनु र बेरोजगारीका कारण कैलाली लगायत अन्य जिल्लामा बसाई सर्ने क्रम बढ्दो छ। बोगटान गाँउपालिकाका अध्यक्ष कमल कडशिलाले गााउपालिकाका धेरै क्षेत्र खाली भएको बताए। उनले बोगटान गाँउपालिका डोटी जिल्लाको दृर्गम क्षेत्र रहेकाले बसाई सर्ने क्रम नरोकिएको बताए। 
दश वर्षमा कैलालीमा खेतीयोग्य जमिन घट्दै गएको छ। २०५८ सालको जनगणनामा कैलालीमा छ हजार तीनसय ७९ दशमलव सात हेक्टर खेती जमिन रहेकोमा २०६८ मा घटेर तीन हजार एक सय ६४ दशमलव दुई पुगेको छ। कञ्चनपुरमा पनि २०५८ सालमा हेक्टर खेतीयोग्य जमीन घटेर हेक्टर पुगेको छ । दुवै जिल्लामा पछिल्लो १० वर्षमा वसाई सराई दर अझ वढेकोले २०७८ सालको जनगणनामा अझै खेतीयोग्य जमीन घट्ने पक्का छ । तर उता पहाडी जिल्लाहरुमा पाखो जमिनमा बृद्धि हुँदै गएको छ। दार्चुलाको मालिका अर्जुन गाँउपालिकाका अध्यक्ष नरेन्द्र सिँह धामीले विकट क्षेत्रबाट कैलाली र कञ्चनपुर लगायत सुविधा हुने क्षेत्रमा बसाई सर्ने गरीएको बताए।  उनले गाँउपालिकाले मात्र बसाई सराई राक्न नसक्ने प्रतिकृया दिए।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट प्रत्येक बर्ष बसाइँसरी कैलाली र कञ्चनपुर आउनेको संख्या बढ्दै गएको छ। अझ प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकामा घोषणा गरिएसंगै बसार्इँसराईको दर समेत बढेको छ। पहाडी जिल्लाहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतको विकास कम भएको भन्दै प्रत्येक बर्ष तराई बसाई सर्नेको संख्या बढदै गएको छ।सुदूरपश्चिम प्रदेशका दुई तराईका जिल्लाहरु कैलाली र कञ्चनपुर अन्य जिल्लाको तुलनामा विकसित जिल्लाहरु हुन।
 

कमेन्ट लोड गर्नुस