सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२०७५ असोज २५, ०६:११

कैलालीको गोदावरी नगरपालिका १ बनखेतमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ। पुर्वबाट पश्चिम आउदै गरेको ना ५ ख ८०४९ नम्बरको बस र से ५ प ७५३६ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार मोटरसाईकलमा सवार गोदावरी नगरपालिका ६ का २८ बर्षीया हेमन्त साउद र गोदावरी नगरपालिका कै २६ बर्षीया विक्रम खड्का रहेका छन। उनिहरुको अत्तरीयाको पदमा अस्पताल पु¥यायर बरेली लैजाने क्रममा मृत्यु भएको हो। मोटरसाईकललाई ठक्कर दिने बस ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छ।

कमेन्ट लोड गर्नुस