सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना पुस्टि, धनगढीका ५८

२०७८ वैशाख १७, ०४:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३६६ नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। 

संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ५८ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका ३८ जना र अन्य जिल्लाका ८ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

हाल अस्पतालमा ५७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, ९ जना आइसियूमा, ३५ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
 

कमेन्ट लोड गर्नुस