सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडी नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना पुस्टि

२०७८ वैशाख १७, ०१:२८ खबर संवाददाता

कैलाली: कैलालीको घोडाघोडी नगरपालिकाका ९ कर्मचारीहरूमा कोरोना संक्रमण पुस्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा घोडाघोडीका ९ जना कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए। 

उनका अनुसार नगरपालिमा कार्यरत ५ जना, वडा नम्बर १ मा कार्यरत १ जना, वडा नम्बर ३ मा कार्यरत २ जना र वडा नम्बर १० मा कार्यरत १ जना कर्मचारीमा कोरोना पुस्टि भएको हो।  

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइशोलेसनमा बसिरहेको उनले जानकारी दिए। 

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए पनि नगरपालिकाको सेवा बन्द नरहेको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस