सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक बिरामीको दैनिक १५ हजारसम्म लिनेगरी कैलालीका निजी अस्पतालले कोरोना वार्ड सञ्चालन गर्ने(सूचिसहित)

२०७८ वैशाख १७, ०१:०९ खबर संवाददाता

धनगढीः कैलालीका निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारको लागि कोरोना वार्ड सञ्चालन गर्ने भएका छन्।

प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरुले संक्रमितहरुको उपचारको लागि वार्ड सञ्चालन गर्न लागेका हुन्। निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश(अफिन) अध्यक्ष जनकराज जोशीले प्रत्येक निजी अस्पतालहरुले ५ देखि १० बेडसम्मको वार्ड सञ्चालनको लागि सहमति भएको जानकारी दिए।

जसअनुसार अत्तरियाको पद्मा अस्पताल र धनगढीको नवजीवन अस्पतालले १०/१० बेड उपलब्ध गराउने भएका छन्। त्यस्तै धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र कैलालीको ओम आशा अस्पतालले ५/५ बेड उपलब्ध गराउने भएको छन्।

ती अस्पतालले शुक्रबारबाटै सेवा सुरु गर्ने अध्यक्ष जोशीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिएपछि यहाँका निजी अस्पतालहरुले सरकारले सहयोग गरे १ सय बेडको अस्पताल सञ्चालनमा सहयोग गर्ने बताउँदै आएका थिए। 

निजी अस्पतालमा हुने उपचार खर्च भने सरकारले नै व्यहोर्ने भएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरे्रन्द्र कार्कीले सरकारी अस्पतालमा हुँदै आएको सेवा सुविधा निजी अस्पतालबाट दिइने र सरकारले नै खर्च व्यहोर्ने जानकारी दिए।

सामान्य प्रकृतिको छ, भने प्रति दिन प्रति विरामीको उपचार खर्च ३ हजार ५ सय रुपैँया हो’ उनले भने, ‘जटिल लक्षण भएका विरामीको हकमा ७ हजार र १५ हजार रुपैयाँ सरकारले उपलब्ध गराउँछ।’
 

कमेन्ट लोड गर्नुस