सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीद्धारा १ लाख बढीको अवैध सामान र काठ बरामद

२०७८ वैशाख १६, ०९:२९ खबर संवाददाता

कञ्चनपुर: सशस्त्र प्रहरी बल कञ्चनपुरले १ लाख बढीको अवैध सामान र काठ बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट कुतियाकभर र  जिमुवाबाट खटिएको टोलिले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याइएका सुट, धोती, लेहेङ्गा र सिसौको काठ गरी १ लाख २० हजार १ सय बराबरको सामान बरामद गरेको हो। 

बरामद गरिएका सामानलाई आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र काठलाई वन डिभिजन कार्यालय महेन्द्रनगरमा बुझाइएको सशस्त्र प्रहरी बल कञ्चनपुले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस