सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १६, ०८:२५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

प्रदेशका विभिन्न प्रयोगसालामा ५८५ नमुना परीक्षण गर्दा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २७८ जनाको नमूना परीक्षण गर्दा १३४ जनामा संक्रमण पुस्टि भएको प्रवक्ता कार्कीले बताए।

त्यस्तै डडैलधुरा असपतालमा ५८ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुस्टि भएको छ।

त्यसै गरी डोटी अस्पतालमा ३६ जनाको नमुना परीक्षण गर्दा १९ जना, बझाङ अस्पतालमा १७ जनाको परीक्षण गर्दा १४ , कमल बजार असपतालमा २३ जनाको नमुना परीक्षण गर्दा ११ जना र महाकाली अस्पतालमा ६१ जनाको नमुना परीक्षण गर्दा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो।

यो संगै प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार ७ सय २१ पुगेको छ भने संक्रमण पुस्टि भएका मध्ये १४ हजार २ सय ५६ जनाले कोरोना जितेका छन्।
 

कमेन्ट लोड गर्नुस