सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दिपायल द्रुतमार्गको झण्डै २३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का

२०७८ वैशाख १६, ०५:४१ खबर संवाददाता

धनगढीः धनगढी दिपायल द्रुतमार्गको झण्डै २३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गरिएको छ। 

योजना कार्यालयका अनुसार बुधबार धनगढी–स्याउले सडक खण्डको १३ दशमलव ४ र दिपायल–बाजमोर्ड खण्डको ९ दशमलव ४ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौताको आशयपत्र सार्वजनिक गरिएको हो। 

योजना कार्यालयका प्रमुख खगेन्द्र शाहीका अनुसार धनगढी–स्याउले १३ दशमलव ४ किलोमिटर कालोपत्रका लागि भ्याटसहित १८ करोड ५१ लख ९० हजार र दिपायल–बाजमोर्ड ९ दशमलव ४ किलोमिटरका लागि १६ करोड ७ लाख ६७ हजारमा सम्झौता भएको हो। 

३० महिनाको निर्माण अवधि तोकिएकोमा उक्त सडकको धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बंलामुखी जेभी र दिपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले ठेक्का पाएका हुन्। 


 

कमेन्ट लोड गर्नुस