सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली सरकारले कोरोना रोकथाम र उपचारमा १ अर्ब बजेट छुट्यायो

२०७८ वैशाख १६, ०३:२५ खबर संवाददाता

सुर्खेत: कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ।

उक्त रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले बताइन। 

त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट दिएको छ।

कमेन्ट लोड गर्नुस