सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थप एक कोरोना संक्रमितको मुत्यु, एकैदिन ज्यान गुमाउने संख्या ५ पुग्यो

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १६, ०२:४९ खबर संवाददाता

धनगढीः कैलालीमा कोरोना संक्रमणबाट थप युवकको मृत्यु भएको छ। 

जिल्लाको घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

केहिदिन अघि कोरोना संक्रमण पुस्टि भएका युवकको बिहीबार दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको उनले बताए। 

योसहित पछिल्लो २४ घण्टामा कैलालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।

आज नै सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। 

यस्तै जिल्लाको गोदावरी नगरपालिकाकी ८७ वर्षीया एक महिलाको घरमै मृत्यु भएको छ।  केहिदिन अघि कोरोना संक्रमण पुस्टि भएकी ती महिलाको होम आइशोलेसनमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए।

उता कञ्चनपुरमा पनि एकै दिन ३ जना संक्रमितको मृत्यु भइसकेको छ।

कमेन्ट लोड गर्नुस