सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन कञ्चनपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतक सबै युवा उमेरका

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १६, १२:०३ खबर संवाददाता

कञ्चनपुर: पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

जिल्लाको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको बुधबार राति १२ बजे र भीमदत्त नगरपालिका १८ की ३६ वर्षीया एक महिलाको बिहिबार बिहान ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।

भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनैपनि ट्राभल हिस्ट्री नभएको र उनीमा ब्लड क्यान्सरको समस्या रहेको बताइएको छ। उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोवीन्द रोकायाले बताए।

यस्तै दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवक मंगलबार अस्पतालमा उपचारको लागि भर्ना भएका थिए। उनीमा कडा खालको निमोनिया देखा परेको थियो। उनी भारतबाट आएको डा रोकायाले बताए। 

यस्तै बैशाख ११ गते अस्पताल भर्ना भएकी भिमदत्त नगरपालिका १८ की ३६ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस