सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दशैं मेला सुरु (फोटो फिचर)

२०७५ असोज २५, ०९:१९

धनगढीमा यो बर्षपनि दशैं मेला सुरु भएको छ। दशैं तिहारलाई लक्षित गरी पार्कचौकदेखि सेती अञ्चल अस्पताल सम्मको क्षेत्रमा दशैँ मेला सुरु भएको हो। धनगढी मेनरोड बजार व्यवस्थापन समितीको आयोजनमा मेला सुरु भएको हो। मेलाको एक कार्यक्रमका विच धनगढी उप–महानगरपालिकाका मेयर नृप ओडले उद्धघाटन गरे।

धनगढी क्षेत्रको पर्यटन, उद्योग, व्यापारको विकास तथा संस्कृतीको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको आयोजक समितीका संयोजक चन्द्रकान्त पनेरुले बताए। मेला साँझ ६ बजेदेखि राती १० बजे सम्म लाग्ने गरेको छ। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको छ। 
कमेन्ट लोड गर्नुस