सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई सहयोग

२०७८ वैशाख १५, ०९:०६ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन्। 

अमेरिकामा रहेकी कल्पना रिजालले दिनको अवसरमा आश्रमलाई सहयोग गरेकी छिन्। 

उनले शिखर इन्स्योरेन्सका सुदूरपश्चिम प्रमुख डिल्ली राज शर्मा मार्फत २ छाक खानाका लागि १२ हजार १५ रुपैयाँ सहयोग गरेको आश्रमले जनाएको छ। 

यस्तै दक्षिण कोरियामा रहेका वसन्त बोहराले आफ्ना भाइ हरिश बोहरा मार्फत ५ हजार ४ सय बराबरको तेल र चिउरा मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।

यस्तै महाबिर किराना पसलकी संचालिका मिनाक्षी शर्माले ४ हजार ४ सय ५० बराबरको १ पेटि तेल र २० के.जि. चिउरा सहयोग गरेको मानव सेवा आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए। 
 

कमेन्ट लोड गर्नुस