सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरे गाउँपालिकाको भवन निर्माण सुरु

२०७५ असोज २४, ०६:५९

कैलालीको चुरे गाउँपालिकाको भवन निर्माण सुरु भएको छ । रोयल कन्ट्रक्सनले ५ करोड १७ लाखमा ठेक्का सम्झौता गर्दै निर्माण थालेको हो । आज घटनास्थपनाको दिन पारेर गाउँपालिककी उपाध्यक्ष दिपा साउँद र वडा नम्वर १ का वडाध्यक्ष हुकुम वोहोराले भवनको शिलान्यास र भुमी पुजन गरेका छन् ।


चुरे गाउँपालिका– १, घरखेडा गाउँपालिकाको भवन निर्माण थालिएको हो । निर्माण व्यवसायी दावा शेर्पाले निर्माण अवधिमै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताए । गत साउनमा निर्माणको सम्झौता गर्दै दुई वर्षको समय दिईएको छ ।

 

 

 

कमेन्ट लोड गर्नुस