सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दियो

२०७८ वैशाख १५, ०५:३२ खबर संवाददाता

धनगढी: कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्। 

जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा ना५ख ९२ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको से६प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ का ३८ वर्षीय जयराज सुवेदी र मोटरसाइलमा सवार २० वर्षीया मनिषा सुवेदी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। 

ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस