सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब खोप लगाएका अमेरिकीहरुले बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने

। फोटो स्रोत ।
२०७८ वैशाख १५, ०८:१६

एजेन्सी: अब अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोपको मात्रा पूरा गरेका व्यक्तिहरुले मास्कबिना नै बाहिर निस्कन पाउने भएका छन्।  

खोप लगाएकाहरुले अपरिचित व्यक्तिहरुको भीडभाडमा बाहेक सानो जमघटमा जाँदा वा बाइक चलाउँदा र दगुर्दा मास्क लगाउनु नपर्ने नयाँ मापदण्ड ल्याइएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले उक्त निर्देशिका जारी गरेको हो। 

प्रमाणहरूका अनुसार बाहिर खुला हावामा कोभिड-१९ सङ्क्रमण हुनसक्ने भए पनि त्यसको जोखिम अत्यन्त कम हुन्छ।

साथै प्रारम्भिक अध्ययनहरूले पूर्ण खोप लगाइसकेका मानिसहरूले भाइरस सार्ने सम्भावना पनि निकै कम हुने देखाएको छ।

कमेन्ट लोड गर्नुस