सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाण्डौमा भूकम्पको धक्का

२०७८ वैशाख १५, ०७:२२ खबर संवाददाता

काठमाण्डौ – काठमाण्डौमा गएराति परकम्प गएको छ।  कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो। २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म ५० हजार भन्दा बढी परकम्प गएको छ।

चार रेक्टर स्केल भन्दा माथिका ५ सय ५२ पटक परकम्प गएको केन्द्रले जनाएको छ।

भूकम्पविद् लोकविजय अधिकारीकाअनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प अझै १० वर्षसम्म आइरहने सम्भावना रहेको छ। 
 

कमेन्ट लोड गर्नुस